नगद ठगी गरेको अभियोगमा १ जना पक्राउ



स्याङ्जा । एक महिलाको नगद १० लाख २८ हजार ७ सय रुपैयाँ ठगी गरेको अभियोगमा बाजुरा हिमाली गाउँपालिका-४ बस्ने २७ वर्षीय रुपचन्द्र पाण्डेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत साथी बनाएकी ती महिलालाई विश्वास दिलाई आफूलाई ठूलो समस्या परेको, विदेश ब्राजिलमा रहेको परिवार गम्भीर बिरामी रहेको भनि तत्काल फिर्ता गर्ने भन्दै पटक-पटक गरेर उक्त रकम ठगी गरेको अभियोगमा अनुसन्धान गर्दै जाँदा बाँकेको नेपालगञ्जबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्