सालकको खपडा सहित २ जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित शान्तिगोरेटो चोकबाट १ किलो २५ ग्राम तौल भएको प्रतिबन्धित सालकको खपडा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे महाभारत गाउँपालिका-२ बाल्टिङ घर भई काठमाडौं स्वयम्भू बस्ने २५ वर्षीय बिनोद तामाङ र काभ्रे सल्ले भुल्बु गाउँपालिका-३ घर भई काठमाडौं चाबहिल बस्ने ४७ वर्षीय लाल सिंह तामाङ रहेका छन् ।

चाबहिल क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित सालकको खपटा अबैध रुपमा बिक्री गर्नको लागि लुकाई ल्याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपडा र २ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहिको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्