
काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगला दुई दिने भ्रमणका लागि ११ गते काठमाडौं आउने भएका छन् । भारतीय विदेश मन्त्रालयले सोमबार श्रींगलाको भ्रमणबारे औपचारिक दिएको छ ।
यही वर्ष भारतीय विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रींगलाको यो पहिलो नेपाल भ्रमण हो । लिपुलेक र कालापानी क्षेत्रमा विवाद चुलिएपछि उनी काठमाडौं आउन लागेका उनी पहिलो भारतीय उच्च कूटनीतिज्ञ हुन् ।
भारतले उनको भ्रमणलाई उच्च स्तरीय भ्रमणको परम्पराको निरन्तरता भएको बताएको छ । भ्रमणमा क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्ने छन् भने अन्य महत्वपूर्ण राजनीतिक भेटघा पनि गर्ने छन् ।





