‘मैले पेश गरेको प्रतिवेदनले पार्टी फुट्दैन’ : प्रचण्ड



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तयार पारेको प्रतिवेदनले नराम्रो नभएको बताएका छन् ।

स्थायी कमिटी सदस्यहरु हरिबोल र टोपबहादुर रायमाझी प्रचण्डलाई भेट्न सोमबार विहान खुमलटार पुगेका थिए । दुबै नेताले पार्टी विभाजनसम्म जान नहुने बताएका छन् ।

जवाफमा प्रचण्डले कात्तिक २८ मा आफूले पेश गरेको प्रतिवेदनले पार्टी फुटसम्म नजाने बताएका छन् । ‘मनमा कुरा गुम्साएर राख्नु भन्दा जानकारी भएकै राम्रो हो’ उनले भनेका छन्, मेरो प्रस्ताव छँदैछ, ओलीजीले पनि ल्याउनु हुन्छ । छलफल हुन्छ र कसरी अगाडि बढ्ने भन्ने निर्णय हुन्छ ।’

तर अहिले साझा प्रस्ताव आउने सम्भावना नरहेको प्रचण्डको भनाइ थियो । एउटा प्रतिवेदन आइसकेपछि त्यसको जवाफ आउँदा नै समाधान खोज्न पनि सजिलो हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्