‘सरकारको प्रगतिबाट आत्तिएकाहरुले मेरो राजीनामा मागे’ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लोकप्रियताको
डरले आफ्नो राजीनामा मागिएको भन्दै वर्तमान सरकार कुनै पनि हालतमा परिर्वतन नहुने बताएका छन् । उनले सरकारले काम गरेन भन्नेहरुलाई काम नपाएका र अस्थिरता चाहनेहरुको ‘झुण्ड’ को संज्ञा पनि दिए ।

ताप्लेजुङको फक्तालुङ् गाउँपालिकाको वडा नं ६ लेलेपको दर्गम स्थान घुन्सामा सोमबार आयोजित सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन तथा स्थानीय समुदायसँगको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकप्रिय काम गर्ने सरकार रह्यो भने आफ्नो अस्थित्व समाप्त हुन्त भन्ने पीरले कहिले पार्टी नेतुत्वबाट र ककिहले सरकारबाट राजीनामा मागिएको बताए ।

तपााईहरु यहाँ राजनीतिककर्मी पनि हुनुहुन्छ होला, सत्ताको नेतुत्व गरिरहेका हाम्रो पार्टी अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध पार्टीमा कहिले लिखित र कहिले मौखिक रुपमा प्रश्न पठाएर सरकार ढलिहाल्छ, केहि काम गर्न सकेन भन्ने जस्ता विभिन्न लाल्छना आइरहन्छन् प्रधानमन्त्री ओलीले भने, त्यो सरकारको प्रगतिबाट आत्तिएका र केहि काम नपाएकाहरुबाट भएको हो ।

पार्टीभित्र आन्तरिक संघर्ष तीव्र बनिरहेका बेला प्रधानमन्त्री ओली ताप्लेजुङ र इलामका सीमा क्षेत्रका एकदिने भ्रमणमा आएका हुन् । ओलीका साथ संविधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, पर्यटनमन्त्री योगेशकुमार भट्टराइ र १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राइ लगातको टोली घुन्सा आएको छ । त्यहाँ प्रधानमन्त्री ओलीले घुन्सा फाउण्डेसनद्धारा स्थापित वेभसाइट शुभारम्भ समेत गरेका छन् ।

त्यसअघि प्रधानमन्त्री ओलीसहितको टोलीले ओलाङ्चुङगोला रहेको सशस्त्र प्रहरीको बिओपी केन्द्र, सीमावर्ती क्षेत्र टिपतालापास लगायतको हवाइ निरीक्षण गरेको थियो। ताप्लेजुङको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओलीसहितको टोली इलामको भ्रमणमा जाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्