सुरक्षा प्रमुखहरुलाई प्रधामन्त्रीको निर्देशन : ‘विप्लव समूहको चन्दा आतंक नियन्त्रण गर्नुस्’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार चारवटै सुरक्षा प्रमुखलाई बालुटावार बोलाए । प्रधानसेनापतिसहितका सुरक्षा प्रमुखहरुसँग ओलीले ‘विप्लव’ समुहको ‘चन्दा आतंक’ र आफ्नै पार्टीको गुटगत झडप बढ्न सक्नेतर्फ सजग गराएका छन् ।

त्यस्तै, मंसिर १४ मा चीनका रक्षामन्त्री जनरल वेई फेङ्गे नेपाल भ्रमणमा आउँदै छन् । प्रधानमन्त्रीले सो भ्रमण अवधिमा सुरक्षा कमजोरी हुन नदिन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको बताइएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले देशभर चन्दा आतंक मच्चाएको भन्दै प्रधानमन्त्रीले सो गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

तीन दिनयता विप्लव समूहले पार्टी स्थापनाको वर्षगाँठ मनाईरहेको छ । बर्षगाँठ मनाउन उपत्यकामा आएका सो समूहका केन्द्रिय आर्थिक विभागका प्रमुख (पोलिटब्यूरो सदस्य) प्रेम दर्नाललाई शनिवार प्रहरीले पक्रेको थियो ।

प्रतिक्रिया दिनुहोस्