प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन् ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र राजदूत याङछीबीच करिव आधा घण्टा भेटवार्ता भएको छ । भेटवार्तामा के-के विषयमा छलफल भयो भन्ने नखुलेपनि उनीहरुबीच नेकपा विवाद र आसन्न चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल भएको बुझिएको छ । चिनियाँ रक्षामन्त्री वइफेङ्हे यहि मंसिर १४ मा नेपाल भ्रमणमा आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्