‘नेता सुरेन्द्र पाण्डेलाई दुव्र्यवहार गर्नेहरुलाई कारबाही गछौं’ : नेकपा बागमती प्रदेश



काठमाडौं । चितवन जिल्लाको राप्ती नगरपालिकामा घटेको घटनाले प्रदेश पार्टीको गम्भीर ध्यानआकर्षण भएको छ । हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य तथा सोही क्षेत्रका प्रतिनीधिसभाका सदस्य तथा पूर्व अर्थमन्त्री कमरेड सुरेन्द्र पाण्डे सहभागी नगर कमिटीको बैठकमा पार्टीको वर्तमान परिस्थितिको बारेमा तथा गत स्थायी कमिटीको बैठकका निर्णयको सम्प्रेषण गर्ने क्रममा केही असम्बन्धित र उश्रृंखल व्यक्तिले गरेको उदण्ड कार्यको जति भत्सर्ना गरे पनि कम हुन्छ ।


नेकपा बाग्मती प्रदेश कमिटी अध्यक्ष नारायण दाहाल र पार्टी इन्चार्ज अष्टलक्ष्मी शाक्यले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनालाई पार्टी विधान,विधि,प्रक्रिया भत्कदै गएको र पार्टीको एकता नै अप्ठयारोमा परेको बेला र पार्टी भित्र गम्भिर छलफल चलिरहेको बेलामा यो घटना घटनुले अझै गम्भिर बनाएको छ । नेता सुरेन्द्र पाण्डे त्यसै क्षेत्रको प्रतिनिधि सभाको सदस्य भएका नाताले र स्वयं पार्टीको जिम्मेवार नेताको हैसियतले त्यहाँको पार्टी संग छलफल परामर्श गर्ने अधिकार छ ।

उहाँका कुरा मन नपरे विधि प्रक्रिया पद्धति अनुसार विरोध गर्न पाइन्छ । तर हिजो जुन अराजक तरिकाले विरोध गरियो यो कुनै पनि हिसाबले मान्य छैन र हुदैन पनि । पार्टी एकताको मर्म भावना र कम्युनिष्ट नैतिकता र मान्यता विपरित भएकाले यसमा संलग्न जो कोही भए पनि उचित छानविन गरि पार्टी पद्धति अनुसार कडा कारवाही गर्न प्रदेश पार्टी सम्बन्धित पार्टी कमिटीलाई निर्देशन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्