यसरी सम्पन्न भयो भिजु र रेश्माको मेहेन्दी समारोह….(भिडियो सहित)



रेश्मा घिमिरे र भिजु पार्कीको नयाँ गीत बजारमा रिलिज भएको छ । गीतहरु त बजारमा रिलिज भैरहन्छ तर यसपटक सुव्रत आचार्यले रेश्मा र भिजुलाई फरक तरिकाले भिडियोमा प्रस्तुत गर्ने कोशिस गरेका छन् । उनीहरुको म्यूजिक भिडियो लगातार ५ दिनसम्म रिलिज हुनेछन् । गीतको एल्बमलाई लगनगाठो बताइएको छ ।

आज भिजु र रेश्माको मेहेन्दीको समारोहको भिडियो रिलिज भएको छ । भोलि रत्यौली, पर्सि विवाह, अर्को दिन बिदाई र त्यसपछि रिसेप्सन पार्टी गरेर लगातार ५ दिन भिडियो रिलिज हुनेछन् । भिडियोमा भिजु र रेश्मासँगै गरिमा शर्मा, अभिषेक लगायतका कलाकारहरु फिचर्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्