विदेशबाट नेपाल आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राखिने



काठमाडौं । विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स्थलमार्ग वा हवाईमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको जानकारी दिए ।

क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिने उनले बताए ।सरकारले यसअघि पनि विदेशबाट नेपाल आउने व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरेकोमा पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन ।

तर अहिले संक्रमणको जोखिम फेरि बढ्दै गएकाले सरकारले विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने नीतिलाई कडाइ गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्