बलात्कारमा मिलापत्र गराउनेलाई कारबाही गर्न सरकारले ल्यायो नयाँ कानुन



Cabinet Meeting of Nepal

काठमाडौं । बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई समेत कारबाही गर्ने गरी सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राष्टपति समक्ष सो अध्यादेश सिफारिस गरेको एक मन्त्रीले बताए ।

सरकारले यो अध्यादेश ल्याएसँगै बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरूलाई कारबाही गर्न कानुनी बाटो खुलेको छ । यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई समेत जरिवाना हुने व्यवस्था छ ।

स्रोतका अनुसार त्यस्ता व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्