अवैध हातहतियार सहित विप्लव सेक्सन कमाण्डर पक्राउ



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ ।

ताप्लेजुङ घर भएका ३२ वर्षीय शेर्पाालाई १ थान पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरिएको मोरङका एसपी सन्तोष खड्काले बताए ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको साथबाट १ थान म्याग्जिन पनि बरामद गरेको छ । शेर्पा ताप्लेजुङको फाक्ताङलुङ गाँउपालिका स्थानीय हुन् ।

प्रतिक्रिया दिनुहोस्