‘नेता सुरेन्द्र पाण्डेलाई दुव्र्यवहार गर्नेहरुलाई कारबाही गछौं’ : नेकपा चितवन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवन जिल्ला कमिटीले शनिबार नेता सुरेन्द्र पाण्डेलाई दुव्र्यवहार  गर्नेहरुलाई कारबाही गर्ने बताएको छ ।

घटनाको भोलिपल्ट आइतबार नेकपाका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले संयुक्त रूपमा विज्ञप्ति जारी गरी ‘अराजक’ घटनाको छानबिन गरी दोषीलाई पार्टीको विधानबमोजिम कारबाही गर्ने बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ-‘पार्टी नगर (राप्ती) कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ।’

विज्ञप्तिमा अगाडि लेखिएको छ, यस्ता अराजक गतिविधिबाट पार्टीका कुने पनि कमिटी तथा कार्यकर्ताहरु प्रभावित नहुन र पार्टीको विधि, विचार र सिद्धान्तबमोजिम सांगठनिक कार्यमा लाग्न जिल्ला कमिटी चितवन आह्वान गर्दछ । साथै घटनामा संलग्न त्यस्ता अराजक व्यक्तिहरुलाई छानबिन गरी पार्टी विधानबमोजिम कारबाही गरिने व्यहोरासमेत जानकारी गराउँदछौँ ।

प्रतिक्रिया दिनुहोस्