गणतन्त्रको नेतुत्व ओलीजस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्बनापूर्ण : डा. भट्टराई



काठमाडौं । १० बर्षदेखिको सशस्त्र द्वन्द्व अन्त्य गर्दै तत्कालीन माओवादी र सरकारबीच भएको शान्ति सम्झौताको सम्झना गर्दे तत्कालीन एक योद्धा डा.बाबुराम भट्टराईले आफूहरुको त्यत्रो विशाल क्रान्तिबाट प्राप्त गणतन्त्रको नेतुत्व प्रधानमन्त्री केपी शर्मा ओलीजस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्बना भएको टिप्पणी गरेका छन् ।

शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको दिन आज मंसिर ५ गते पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.भट्टराईले सामाजिक सञ्जालमा शान्ति सम्झौतामा हस्ताक्षर भइरहेको तस्बिर राख्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन्।

यस्तो छ डा.भट्टराईले फेसबुकमा लेखेको वक्तव्यको पूर्णपाठ :

सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकारबीच बृहत् शान्ति-सम्झौता भएको (२०६३ मंसिर ५ गते) आज १४ वर्ष पूरा !

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक !

नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भुइँचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओलीजस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति-सम्झौतामा भएका आर्थिक-सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण !

अब फेरि २०५२ सालयताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोहरआन्दोलन, जनजाति आन्दोलन, थरुहटरथारुवान आन्दोलनलगायतका क्रान्तिकारी शक्तिहरूको बृहत् ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्