चितवनको टाँडी बजारमा बम ठानेर सेना डिस्पोज गर्न जाँदा भेटियो ढुंगा



काठमाडौं । चितवनको रत्ननगरस्थित टाँडी बजारमा निर्माणधीन आकाशेपुलमा भेटिएको शंकाकस्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

नेत्रविक्रमा चन्द विप्लव नेतुत्वको नेकपाको ब्यानरसहित बिहान शंकास्पद बस्तु भेटिएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाअनुसार डिस्पोजका क्रममा बम जस्तो देखिनेगरी झोलामा ढुंगा राखेर तार जोडिएको फेला परेको छ ।

शंकास्पद वस्तुसँगै भेटिएको ब्यानरमा सातौं पार्टी पुनर्गठन दिवस भव्यताका साथ सफल पारौं लेखिएको थियो । साथमा हसिया हथौडा अंकित झण्डा पनि भेटिएको थापाले बताए । उनले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्