चिनियाँ रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउने



मकवानपुर । उत्तरी छिमेकी चीनका रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउने भएका छन् । उच्च सरकारी स्रोतका अनुसार जनरल फेङहेको अर्को साता हुने नेपाल भ्रमणको अहिले तयारी चलिरहेको छ ।

उनी काठमाडौं आइपुग्ने दिनको भने अझै टुंगो लागिसकेको छैन । नेपालमा रहँदा रक्षा मन्त्री फेङहेले महत्वपूर्ण राजनीतिक भेटघाट गर्नेछन् । उनी अरू कुन(कुन कार्यक्रममा सहभागी हुन्छन् भन्ने टुंगिन बाँकी छ ।

नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे कुनै औपचारिक जानकारी दिएका छैनन् । नेपालको दक्षिण छिमेकी भारतसँग सम्बन्ध चिसिएको बेला फेङहे काठमाडौं उत्रिने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन् ।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेका थिए । त्यसपछि चीनबाट नेपालमा उच्चस्तरको राजनीतिक भ्रमण भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्