बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने



काठमाण्डौं । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ ।

मंसिर ८ गते देखि मंसिर १२ गते सम्मका लागि नाका खुला गरिने भएको हो । भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सहज होस् भनेर पाँच दिनका लगि नाका खोल्ने तयारी भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन् ।

‘लामो समयदेखि पेन्सन बुझ्न नपाएकाहरूका लागि हामीले नाका खोल्ने तयारी गरेका हौं। दुवै देशका स्थानीय प्रशासनको सहजीकरणमा नाका खोल्ने तयारी भएको हो’, उनले भने।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।

प्रतिक्रिया दिनुहोस्