आज प्रदेश नम्बर २ मा सार्वजनिक बिदा



काठमाडौं । छठका अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ। प्रदेश नम्बर २ मा आठ जिल्ला छन् ।

छठमा केन्द्र सरकारले बिदा दिएको छैन । प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्