नेकपाको आन्तरिक किचलोले पार्टीलाई मात्र होइन, देशलाई दुर्घटनामा पार्छ : डा.डिला संग्रौला



काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलोले त्यस पार्टीलाई मात्र होइन, देशलाई दुर्घटनामा पार्ने जोखिम देखिएको बताएकी छन् ।

प्रतिनिसभाको सदस्यसमेत रहेकी डा.संग्रौलाले नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको द्वन्द्वले जनमत र लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पार्न थालेको टिप्पणी गरेकी हुन्।

बिहीबार सामाजिक सञ्जालमा उनले लेखेकी छन्, नेकपा विमानका द्वय पाइलट ओली र दाहालको सत्ता र स्वार्थको आन्तरिक किचलोले पार्टीको दुर्घटना मात्र हैन कि जनताको व्यापक अभिमत र लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पार्दै सुखी र समृद्धि नेपालको सपना बाँड्दै हिँडेको नौटंकी कम्युनिस्ट सरकार अन्तगोत्वा दुखित नेपाल परिणत गर्न उद्दत भएको छ ।

प्रतिक्रिया दिनुहोस्