विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु



विराटनगर । विराटनगर र धरानमा दई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा एकजना वुद्धको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

नोबेलमा बिहीबार बिहान इटहरी उपमहानगरपालिका–२ का ७७ वर्षीय वृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका वृद्धको स्वास्थ्यमा समस्या आएपछि १ मंसिरमा नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा बिहीबार बिहान ६ः३० बजे उनको मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार मृतकमा स्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्