रौतहटमा गोली प्रहारबाट एक युवतीको हत्या



काठमाडौं । रौतहटमा गोली प्रहारबाट एक जना युवतीको हत्या भएको छ । गए राति करिब ११ बजेतिर गोली प्रहारबाट १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट घटनास्थलमा प्रहरी उपरीक्षक सिद्धिविक्रम साहसहितको टोली पुगेका छन् । अमृताको कन्चटमा एउटा गोली लागेको रौतहट जिप्रकाले जनाएको छ ।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको छ । अमृताको विवाह गत वर्ष फागुनमा सर्लाही मधुवनगोठका रूपेश साहसँग भएको थियो ।

विवाहको केही समयपछि उनी लौकाहास्थित माइतीमा बस्दै आएकी थिइन् । गत असारमा अमृताले श्रीमानसँग सम्वन्ध विच्छेद गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्