जब ५ हजारको लागि एक मजदुरलाई जिउँदै जलाइयो…



भारतको मध्य प्रदेशको गुना जिल्लामा एक मजदुरलाई कथित रुपमा पाँच हजार भारुको उधारो चुकाउन नसकेका कारण मट्टितेल खन्याएर जिउँदै जलाइएको छ ।

घटना शुक्रबार रातीको हो ।

२६ वर्षका विजय सहारिया पछिल्लो तीन वर्षदेखि राधेश्याम लोधाको खेतमा बँधुवा मजदुरको रुपमा काम गरिरहेको र दुबै एउटै गाउँमा बस्ने गरेको जानकारी प्राप्त छ ।

विजयलाई निरन्तर काममा लगाइने गरिन्थ्यो । उसले त्यस दिन राधेश्यामलाई आफूले कतै मजदुरी गरेर उनको पैसा चुकाइदिने बताए । त्यसपछि उनले आफूले मजदुरी गरेबापत् पाइने पैसा मागे । तर यो कुरामा राधेश्याम उनीसँग असाध्यै रिसाए र राधेश्यामले विजयमाथि मट्टितेल खन्याएर आगो लगाइदिए ।

आगो लगाएपछिको विजयको एक भिडियो पनि भाइरल भएको छ जसमा उनले आफूमाथि के भयो र राधेश्यामले उनीमाथि किन र कसरी मट्टितेल खन्याएको भन्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्