अमेरिकामा प्रेमीसँग रमाउँदै बर्षा !



नायिका बर्षा सिवाकोटी यतिबेला अमेरिकामा छिन् । दशैँको टिका थापेर उनी अमेरिका उडेकी हुन् । सामाजिक सञ्जालमा बर्षाले अमेरिकामा घुमफिर गरेको तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन् ।

यस्तै बर्षाले सामाजिक सञ्जालमा केहीदिन अघि सविनसँग भेटघाट गरेको तस्बिर र भिडियो पनि सार्वजनिक गरेकी छिन् । सविनसँग बर्षाको प्रेम रहेको खबर बाहिर आइरहेका छन् । यसअघि बर्षा अमेरिका जादाँ पनि उनले सबिनलाई भेटेकी थिइन् । त्यतिबेला नै बर्षाको सबिनसँग प्रेम रहेको चर्चा चलेको थियो ।

यद्यपि बर्षाले भने आफ्नो विशेष कामले अमेरिका आएको र सोहि समयमा सबिनसँग भेट भएको जानकारी दिएकी छिन् । उनले सबिनलाई आफूले विगत डेढ बर्षदेखि चिनेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्