कञ्चनपुरमा पेस्तोलसहित ३ जना पक्राउ



काठमाडौं । कञ्चनपुर प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका-२ बस्न्थला बस्ने २२ वर्षीय पारसमणि जोशी, पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका-५ बस्ने वर्षीय दीपक भट्ट रहेका छन् ।

बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेको अवस्थामा गत बुधबार साँझ आएका अपरिचित व्यक्तिहरुले तासको खालबाट नगद लुटपाट गरी भागेको घटनाको अनुसन्धान गर्दै जाँदा सो घटनामा संलग्न रहेको खुलेपछि उनीहरु हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्