
‘सामाजिक जागरण अभियान नेपाल’ को बूढानीलकण्ठ नगर स्तरीय बृहत सरसफाइ अभियान (२०७७ )को दोश्रो सरसफाइ कार्यक्रम वडा नम्बर १० स्थित गणेश मन्दिर बाट सुरु भएको छ ।
बुढानिलकण्ठ नगरपालिकाको १३ वटै वडा मा सन्चालन गरिने यस महाअभियानको दोश्रो कार्यक्रम बुनपा १०स्थित गणेश मन्दिर परिसर, बालउद्धार उमाबी हुँदै मिलन चोक र पन्चकुमारी मन्दिर हुँदै चखुन्चा चोकमा समापन गरियो ।
अभियानलाई हौसला प्रदान गर्न नेकपा बुढानिलकण्ठ नगरकमिटी अध्यक्ष रबिन अधिकारी, नगर कमिटी सदस्य शिव बजगाई, वडा १० का अध्यक्ष जगत बहादुर निरौला सहित अन्य समाजसेविको उपस्थिति थियो ।
सरसफाई महा अभियानमा बुनपा(१०) का वडा अध्यक्ष तथा बुनपा प्रबक्ता नवराज भट्टराई र कपन प्रहरी प्रभागका प्रमुख शेखर जङ मल्लको समेत उपस्थिति थियो ।
हरेक महिना एक वडाको धार्मिक तथा पर्यटकिय र सार्वजनिक स्थल मा गरिने सरसफाई महाअभियानमा स्थानीयहरुलाई समेत समाबेश गराई जनचेतना फैलाउने सरसफाइको प्रमुख उद्धेश्य रहेको कार्यक्रम संयोजक तथा समिनका सचिव सुबिन चालीसेले बताउनु भयो ।
बुढानिलकण्ठ सरसफाइ महाअभियानमा चखुन्चा युवा समूह, समृद्धि महिला समुह, शान्तिनगर महिला समूह तथा नमुना बचत तथा ऋण सहकारी सस्था लि. को सहकार्य रहेको थियो ।
बुढानिलकण्ठ नगरपालिकामा रहेका सम्पुर्ण सामाजिक सस्था, स्थानीय युवा क्लब, महिला समूह तथा आमा समूह लगाएत अन्य सामाजिक अंगहरुलाई यस सरसफाइ महा अभियान मा सहभागी हुन समेत समिनका उपाध्यक्ष बिबेक लामिछानेले आव्हान गर्नुभयो ।
बुढानिलकण्ठ सरसफाइ महाअभियानको दोश्रो कार्यक्रमको समापन कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरु तथा नगरबासिहरुलाई शुभ दिपावली, छठ, नेपाल सम्बत तथा उभौली उधौलीको पावन अवसरमा स्वास्थ सुरक्षालाई ख्याल गरि चाड पर्ब मनाउन अनुरोध गर्दै महाअभियानको दोश्रो कार्यक्रमको समापन भएको घोषणा समिनका अध्यक्ष बिनोद भट्टराईले गर्नुभयो ।







