छिमेकीसँग भागेपछि पतिले गरे पत्नीको हत्या



काठमाडौं । छिमेकीसँग विवाह गरेर भागेको रिसमा सोलुखुम्बुमा पूर्वपतिले हत्या गरेका छन् । पत्नीको हत्या आरोपमा सोताङ गाउँपालिका ३ का २९ वर्षीय होमबहादुर राईलाई प्रहरीले पक्रेको छ ।

राईले आफ्नो भाइ पर्ने छिमेकीसँग भागेको थाहा पाएपछि २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

दुवै जनाको सम्बन्ध राम्रो नभएपछि सोमा केही महिना अघिदेखि माइत बस्दै आएकी थिइन् । माइतमा रहेकी सोमालाई भाउजु भन्दै आएका नन्दराज राईले गत बैशाखमा विवाह गरेर भगाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गर्र्ने होमबहादुर राई र नन्द राज राई छिमेकी हुन् ।

आफ्नो श्रीमतीलाई भगाएको थाहा पाएपछि रिसले नन्दराजकै घरमा पुगेर होमबहादुरले १९ कात्तिकमा सोमामाथि खुकुरी प्रहार गरेको दर्नालले बताए ।

प्रतिक्रिया दिनुहोस्