रिसाउँदै ट्रम्पले भने, ‘धाँधली भयो, मतगणना बन्द गरौँ’



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा धाधली भएको बताएका छन् । उनले लाखौँ अमेरिकी जनताले आफ्नो लागि भोट गरेको भन्दै केही समुहले आफ्नो भावनामाथि ठेस पुर्याउन खोजेको आरोप लगाएका छन् ।

‘दशौं लाख र दशौं लाखले हामीलाई भोट गरेका छन् ,’ ह्वाइटहाउसका प्रतिक्रिया दिँदै ट्रम्पले भने,‘एउटा अति नै दुःखी व्यक्तिहरुको समूहले ती व्यक्तिहरुलाई आफ्नो अधिकारबाट वन्चित गर्न खोजेको छ ।’ उनले तत्कालै मतगणना बन्द होस् भन्ने आफ्नो चाहना व्यक्त गरेका छन् ।

ट्रम्पले यस्तो दाबी गरिरहेपनि धेरै राज्यहरुबाट अन्तिम मतपरिणाम आउन बाँकी नै छ । जर्जिया, मिचिगन, नेभादा, उत्तरी कारोलिना, पेन्सिलभेनिया, विस्कन्सिनलगायत  राज्यको मतगणना सकिनैं बाँकी छ । यसमध्ये धेरैजसो राज्यमा ट्रम्प अगाडि देखिएका छन् ।  यद्यपी, मतान्त निकै साँघुरो भएकाले यी राज्यको पूर्ण नतिजा नआएसम्म कसले जित्न भनेर ठोकुवा गर्न कठिन छ ।  

प्रतिक्रिया दिनुहोस्