‘खुलामञ्चमा खाना खुवाउनलाई विकल्प खोज्नुहोस्’ : मेयर शाक्य



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्च लगायतका स्थानमा निशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन् ।

अभियान्ताहरुले लकडाउनको समयदेखि नै खुलामञ्चमा निःशुल्क खाना खुवाएका छन् । महानगरपालिकाले आफ्नो बेइज्जत भएको भन्दै रोक्न भनेपछि चौतर्फि आलोचना भइरहेको छ ।

मेयर शाक्य बुधबार पत्रकार सम्मेलन गरी फोहर, धुलोधुँवा र भिडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाएको भनेर जनस्तरबाटै गुनासो आएको बताए ।

जनगुनासोलाई ध्यानमा राखी बढी भिडभाँड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु । उनले भने, त्यसका लाग आवश्यक सहयोग गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्