हामी यो निर्वाचनमा जित हात पार्ने दिशामा अघि बढिरहेको छौं : बाइडन



काठमाडौं । अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडनले आफुहरु यो निर्वाचनमा जित हात पार्ने दिशामा अघि बढिरहेको बताएका छन् ।

बुधबार उनले डेलावेयरमा संक्षिप्त प्रतिक्रिया दिने क्रममा सबैलाई धैर्य राख्न आग्रह गरेका हुन् । उनले अमेरिकाको स्थानीय समयअनुसार बुधबार बिहान (नेपाली समय अनुसार बुधबार बेलुका) सम्ममा आगामी कार्यकालको राष्ट्रपतिको छिनोफानो हुने बताए ।

उनले अहिलेसम्म प्राप्त नतिजाबाट आफू खुसी रहेको बताएका छन् । उनले अझै अन्तिम मत गन्दासम्म पनि निर्वाचन नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्