बलिउड अभिनेता अमिताभ बच्चन विरुद्धमा मुद्धा दर्ता, यस्तो छ कारण…



बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन विरुद्ध प्रहरीमा उजुरी परेको छ । अमिताभ पनि विवादमा तानिरहने अभिनेतामा पर्छन् । केहीसमय अघिमात्र उनले नयाँ कार किन्दा यस्तो समस्याको समयमा गरिब दुखीलाई सहयोग नगरेर आफ्नो शौख पुरा गरेको आरोप उनलाई लागेको थियो ।

यसपटक भने अमिताभ कौन बनेगा करोडपति मा सोधेको एक प्रश्नको कारण विवादमा तानिएका हुन् । कौन बनेगा करोडपति को हालै प्रशारित एक एपिसोडमा उनले सोधेको प्रश्नको कारण हिन्दु धर्म र बौद्ध धर्मालम्वीको भावनामा चोट पुगेको भन्दै उनी विरुद्ध मुद्धा दर्ता भएको हो ।

पीटीआईका अनुसार शोका निर्माता र सञ्चालक बच्चनविरुद्ध भाजपाबाट प्रतिनिधित्व गर्ने महाराष्ट्रका विधायक अभिमन्यु पवारले लातुर जिल्ला प्रहरीमा उजुरी दर्ता गराएको हो ।

प्रहरीमा दिएको उजुरीपत्रमा लेखिएको छ, प्रश्न सोध्ने अमिताभ बच्चनविरुद्ध एक्सन लिन माग गर्दछौँ । सांसद पवारले प्रश्नका चारै विकल्प हिन्दु धर्मसँग सम्बन्धित भएको बताएका छन् । उनले यो प्रश्न पछाडिको हिन्दु धर्मालम्बीहरुको भावनामाथि खेलवाड भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्