‘खुलामञ्चमा खाना खुवाउन रोक्नुु अमानवीयताको पराकाष्ठा हो’ : साझा पार्टी



काठमाडौं । काठमाडौं महानगरले खुलामञ्जमा खाना खुवाउनले कार्यक्रम रोक्न निर्देशन दिएको भन्दै साझा पार्टीले विरोध गरको छ ।

संकटको घडीमा रोजगारविहीन असहायहरुलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भत्र्सना गरेको प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरु भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पुर्ण संयन्त्र परिचालन गरेर उनीहरुको हेरचाह गर्नुपर्ने साझको भनाइ छ ।

तर उल्टो नागरिकस्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो पाठकले भनेका छन् । साझाले बुधबार बिहान र बेलुकी खुलामञ्चमा खाना खुवाउने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्