आमा बनिन् ‘विवाह’ की नायिका अमृता, बधाई दिनेको ओइरो



अमृता राव बलिउडकी कुनै समयकी चर्चित नायिका हुन् । उनले कमै चलचित्रमा काम गरेकी छिन् । तर कम चलचित्रमा काम गरेर पनि उनले बलिउडमा आफ्नो राम्रो स्थान बनाएकी छिन् । विवाहपछि अमृता यो क्षेत्रबाट टाढिइन् । तर आजपनि उनलाई दर्शकले विवाह की नायिका भनेर नै चिन्ने गरेका छन् ।

किनकी अमृतालाई धेरै दर्शकमाझ परिचित बनाएको चलचित्र नै विवाह हो । विवाह को उनको कामसँगै साहिदसँगको केमेष्ट्रिलाई पनि दर्शकले औधी रुचाएका थिए । उनै नायिका अमृताले सोमबार बिहान छोरालाई जन्म दिएकी छिन् ।

अमृताले केहीसमय अघि सामाजिक सञ्जाल मार्फत आमा बन्न लागेको जानकारी दिएकी थिइन् । अहिले उनले आफूले छोरालाई जन्म दिएको जानकारी दिएकी छिन् । अहिले बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो रहेको छ । यतिबेला सामाजिक सञ्जालमा अमृतालाई बधाई दिनेको ओइरो नै लागेको छ ।  

प्रतिक्रिया दिनुहोस्