
जनकपुरधाम । भन्ने गरिन्छ नि आमा सवैको संसारको प्यारो मान्छे हुन् । आमाले जत्तिको मायाँ यो संसारमा कोहिलाई कसैलाई गर्न सक्दैन र गर्दैनन् पनि । जोले नौ महिना कोखमा राखेर अनेकौं दुख सहेर यो धर्तिमा पाइला टेकाइदिन सहयोग गरेको हुन्छिन् । तर यहाँ आफ्रनै सन्तानले आमाको हत्या गरिरहेका हुन्छन् ।
आफुलाई जन्मदिने आमाबुवा लाई वृद्धाआश्रम लगिरहेका हुन्छन् । त्यसैले भनिन्छ नि ‘आमाको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गा मुढा माथि’, हो यस्तै एउटा घटना सिरहामा भएको छ । यहाँका एक व्यक्तिले जसको कोखबाट जन्म लिए उनैको हत्या गरेका छन् । कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।
केही दिन अगाडि रामअवतारकी बुहारी मनिषाको खुट्टामा घाउ लामो समयसम्म निको नभएपछि आमाले बोक्सी लगाएर घाउ बनाएको आरोप उनले लगाए । उनले यो आरोप मात्रे लगाएनन्, निर्घात कुटपिट गर्दे दिसा खुवाउने प्रयाससमेत गरे । दिसा खुवाउनै लाग्दा पुगेको प्रहरीले टोलीले बचाएको थियो, सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले भने ।
रामअवतारलाई प्रहरीले पक्राउ गरिसकेको छ । शुक्रबार नै प्रहरीको नियन्त्रणमा आएका उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेकाले ज्यान मुद्दा दर्ता हुने शर्माले बताए ।





