भिटेनको ‘पारा’ गीत संशोधनसहित रिलिज हुने



काठमाडौं । भिटेनको नयाँ गीत पारा संशोधनपछि पुनः रिलिज गरिने भएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै भिटेनले कार्तिक ८ गते रिलिज भएको आफनो गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गर्दै प्रकाशित गर्ने जनाएको छ ।

विज्ञप्तिमा गीतबाट असुविधा पुगेका सम्बन्धितहरु निकायहरुसँग उनले माफी मागेका छन् । त्यसैगरी पहिले रिलिज गरिएको गीतलाई अनिधिकृतरुपमा अपलोड नगर्न आग्रह समेत विज्ञप्तिमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्