अध्यक्ष प्रचण्डले भने : सचिवालय बैठक बोलाऔं



काठमाडौं । करिब दुई घण्टा लामो छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीको सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका छन् ।

१२ दिनपछि भेटघाटका लागि शनिबार बालुवाटार पुगेका अध्यक्ष दाहालले ओलीसँग पछिल्लो दिनमा घटेका राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए । त्यसक्रममा दाहालले पार्टीको सचिवालय बैठक बोलाएर छलफल गरिनुपर्ने धारणा राखेको उनीनिकट स्रोतले बतायो ।

दाहालले कर्णाली सरकारमाथि गएको अविश्वास प्रस्ताव, रअ प्रमुखसँग सुटुक्क भेटघाट गरेको प्रसंग, पर्सा घटना र कोभिड-१९ बारे धारणा राखेका थिए । तर, दाहालले राखेका धारणामाथि ओलीले जवाफ नदिएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्