बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ ।

कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच शनिबार मात्रै भेट भएको हो । कर्णाली प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेटघाट र पर्सा घटना लगायतमा असन्तुष्ट बनेका प्रचण्ड बालुवाटारमा गएका थिएनन् ।

दुई अध्यक्षबीचको संवादहीनता तोड्नका लागि प्रधानमन्त्री ओली निकटका नेताहरू दिनहुँजसो खुमलटार पुग्ने गरेको थिए । बुधबार प्रचण्डलाई भेट्न अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ अलग अलग समयमा खुमलटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्