बाँकेमा कोरोना संक्रमित ७० वर्षीय पुरुषको मृत्यु



काठमाडौं । दाङ घोराहीका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं- ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको छ ।

बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेह श्रेष्ठका उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो ।

आशंका लागेर स्वाब परीक्षण गर्दा उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्