धापासीमा छुरा प्रहारबाट एक युवकको मृत्यु



काठमाडौं । काठमाडौस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार टोखा नगरपालिका-५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गरमा अज्ञात समूहले एक्कास छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्