कलाकार सुशीला दाहालको निधन



काठमाडौं । कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो वर्षयता अमेरिका बस्दै आएकी उनको क्यान्सरको कारण बिहीबार वस्टनमा निधन भएको कलाकार हरिवंश आचार्यले बताए । मह जोडिसँग उनले चर्चित टेलीश्रृंखला ‘लालपूर्जा’, ‘चिरञ्जीवी’, ‘भकुन्डे भुत’ लगायतमा अभिनय गरेकी थिइन् ।

हाम्रो हिट सिरियल लालपूर्जामा उहाँले मेरो आमो भूमिका निभाउनु भएको थियो । ‘चिरञ्जीवी’ भन्ने सिरियलमा मेरो छोरीको भुमिका निभाउनु भएको थियो । उहाँ असाध्यै मिलनसार हुुनुहुन्थ्यो । हरिवंश सम्झन्छन् ‘सुटिङमा पनि सहयोगी भावना राख्नुहुन्थ्यो’ । ‘एकदमै सकारात्मक सोचको व्यक्ति हुनुहुन्थ्यो’ । उहाँ मलाई भाइ भनेर सम्बोधन गर्नुहुन्थ्यो । मलाई पनि उहाँ आफ्नै दिदीजस्तो लाग्थ्यो ।

प्रतिक्रिया दिनुहोस्