सडक निर्माणमा ढिलाइ गरेको भन्दै जीतपुरमा स्थानीयले गरे चक्काजाम



वीरगञ्ज । वीरगञ्ज-पथलैया-६ लेन सडक निर्माणमा ढिलाई भएको भन्दै बारको जीतपुरका स्थानीयले शुक्रबार तीन घण्टा चक्काजाम गरेका छन् । उनीहरुले बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म प्रदर्शन गर्नुको साथै वीरगञ्ज पथलैया सडकखण्ड अवरुद्ध गरेका हुन् ।

सडक विस्तारका लागि भन्दै घर टहरा भत्काएको दुई वर्ष पुग्न लाग्दा समेत सडक निर्माणले गति नलिएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । सडक निर्माणको क्रममा जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित जीतपुर बजार क्षेत्रलाई बेवास्ता गरिएको उनीहरुको आरोप छ ।

युवा व्यवसायी राजुराज गिरीले जीतपुर बजार क्षेत्रका सडक बनाउने काम अघि नबढेकोले धुलो उडेर सास्ती बेहोर्नु परिरहेकोले विरोध प्रदर्शन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्