बेनीमा जीप दुर्घटना : एक जनाको मृत्यु, १० जना घाइते



म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ झुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।

बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८ जलेश्वरमा रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरले दिएको विवरणअनुसार दुर्घटनामा परप िघाइते हुनेहरुमा रघुगंगा गाउँपालिका ६ ठाडाखानीका वसन्त छन्त्याल (३०) सोही ठाउँका जिप चालक नन्द छन्त्याल, कौसभा पाइजा (५०), ठगकुमारी शेर्रपुजा (४०), सिर्जना शेर्रपुजा (२४), दीवा शेर्रपुजा (२३), इच्छा शेर्रपुजा (७), दिक्षा शेर्रपुजा (८), र बेनी नगरपालिका- ८ बस्ने दलप्रसाद गौचन (४२) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्