काँग्रेसले केन्द्रीय समिति बैठक बोलायो



नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ भने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।

यसैबीच सहमहामन्त्री प्रकाश शरण महतका अनुसार केन्द्रीय समितिअघि कात्तिक १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको पदाधिकारी बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्