भाेलि विजयादशमीको टीकाको उत्तम साइत १०ः१९ बजे, जान्नुहोस कता फर्केर लगाउने टीका…



दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले  देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । 
     टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 

विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्