नेकपा नेता रेशम चौलागाईंको निधनप्रति बागमती अध्यक्ष दाहालद्वारा समवेदना प्रकट



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा बागमती प्रदेश अध्यक्ष नारायण दाहाल ‘सरल’ले नेकपाका केन्द्रिय सल्लाहकार रेशम चौलागाईंको असमाहिक निधनप्रति समवेदना प्रकट गरेका छन् ।

अध्यक्ष दाहालद्वारा जारी गरिएको शोक वक्तव्यमा ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता क. रेशम चौलागाईं (बि.सं.२००८ असार २९ गते जन्मिई २०७७ कात्तिक ०८ गते आफ्नै निजी निवास भक्तपुरमा दुःखद् निधन भएको छ । हाम्रो पार्टी क. रेशम चौलागाईंप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ ।

क.रेशम चौलागाईंले २०३६ सालमा पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । सिन्धुपाल्चोक जिल्लामा शिक्षक संगठनको नेताको रुपमा आफूलाई स्थापित गर्नुभएका चौलागाईं २०४८ सालको एकता महाधिवेशन जिल्ला कार्यसमिति सदस्य हुनुभयो । २०५१ सालमा पार्टी विभाजनपछि नेकपा माओवादीमा आवद्ध हुँदै २०५८ सालमा केन्द्रिय परिषद् सदस्य र जिल्ला जनसरकार उप–प्रमुखको रुपमा आफ्नो भूमिका निर्वाह गर्नुभयो । २०५९ सालमा नेकपा माओवादी रामेछाप जिल्ला पार्टी सचिव हुँदै हाल केन्द्रिय सल्लाहकार सदस्यको रुपमा जिम्मेवारी बहन गरिरहनुभएको थियो ।’ भनी समवेदना प्रकट गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशद्वारा जारी शोक वक्तव्य :

प्रतिक्रिया दिनुहोस्