डेरी उद्योग पनि बन्द गरिँदै, २ दिन किसानको दुध नउठ्ने



अत्यावश्यक मानिएका र विगतका वर्षहरुमा दसैँ तिहारमा समेत खुला हुने सेवाहरु धमाधम बन्द गर्ने निर्णय भएसँगै डेरी उद्योग पनि बन्द गर्ने तयारी गरिएको हो । 

लकडाउनअघि ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधा अर्थात् ३१ लाख लिटर दुध बजारमा बिक्री हुन्थ्यो । त्यसमध्ये करिब १० लाख लिटर दुध औपचारिक माध्यमबाट बिक्री हुने गरेको थियो । लकडाउनको समयमा ३० प्रतिशतमा झरेको उत्पादन लकडाउन खुला भएपछि समेत अहिले ५० प्रतिशत भन्दा माथि पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्