इन्टरनेट कम्पनीका नाममा छोरी ‘न्वारन’, १८ वर्षसम्म निःशुल्क वाईफाई



आफ्नी नवजात छोरीको नाम टीवाईफिया राख्ने एक स्विस जोडीलाई इन्टरनेट प्रदायक संस्था टीवाईफाईले १८ वर्षसम्मका लागि सित्तैमा वाईफाई उपलब्ध गराउने भएको छ । 

३० वर्षका बाबु र ३५ वर्षकी आमाले अन्ततः आफ्नी छोरीको नामाकरण टीवाईफिया नै गर्ने अनि १८ वर्षसम्मका लागि निःशुल्क इन्टरनेट चलाउने निर्णय गरे । निःशुल्क इन्टरनेट चलाउने पाएको यो जोडीले १८ वर्षसम्म इन्टरनेटबापत तिर्नुपर्ने शुल्क बराबरको रकम भने छोरीको नाममा बैङ्कमा सेभिङ गर्ने योजना बनायो ।

टीवाईफाईका मालिक फिलिप फोट्स्चले यो दम्पतीको निर्णयको उच्च प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्