महावीर पुनले भने : ‘४५ बर्षपछि यो दशैँमा कपडा पाए, जुत्ता ६ बर्ष पुरानै’



राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्भवतः ४५ बर्षपछि आफूले दशैँमा नयाँ कपडा पाएको बताएका छन् । उनले यसमा खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

उनले आफ्नो जिन्दगीको यो दोस्रो नयाँ सुट भएको समेत बताएका छन् । उनले जुत्ता भने ६ वर्ष पुरानो नै भएको जनाएका छन् ।

महावीर पुन सधैँ साधारण जीवन बिताउन रुचाउने व्यक्ति हुन् । सामाजिक सञ्जालमा धेरैले उनको स्टाटसमा उनलाई बधाई दिएका छन् ।

यस्तो छ महावीर पुनको स्टाटस–

लौ हेर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई … सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला | यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् | पुरानो जडौरी होइन | मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो | जुत्ता चाहिं ६ बर्ष पुरानो हो | धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस | आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें | दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला | केहि महिना पछि मैले नै बताउने छु | क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता | कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला…

प्रतिक्रिया दिनुहोस्