मोहना नदीमा भेटियो ६० घन्टापछि बेपत्ता प्रहरी जवानको शव



काठमाडौं । गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँद झन्डै ६० घन्टापछि फेला परेको छ ।

असई गोविन्द विकको शव भेटिएको ठाउँको केही पर साउँदको शव भेटिएको प्रदेश प्रहरी एसएसपी मुकेश सिंहले जानकारी दिए ।

‘केही मिनेटअघि उनको शव फेला परेको छ। हामी निकालेर ल्याउँदैछौं’ , उनले भने।

यसअघि गत शनिबार राति मोटरासाइकल गस्तीमा गएका असई विक र जवान सिंह राति ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

उनीहरुको आइतबार बिहानदेखि खोजी थादिएको थियो । प्रहरीले तस्करहरुले विक र साउँदको हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनामा संलग्न भएको आशंकामा दर्जन बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्