संकटकाल, कर्फ्यु लाग्ने भनी फैलाइएको सूचना गलत : गृह मन्त्रालय



काठमाडौं । गृह मन्त्रालयले सोमबार मोवाइल, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कफ्यु लाग्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दे यो घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान प्रक्रिया अघि बढाएको पनि बताएको छ । यस्ता सन्देश कसले र किन पठाएको हो भन्नेबारे गृहले बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्