डा.भट्टराईको कटाक्ष : कोरोनाको उपचार खर्च नागरिक आफैंले बेहोर्ने भए ओली सरकारको कुनै औचित्य छैन



काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतुत्वको वर्तमान सरकार नागरिकको समस्या सम्बोधन गर्न असक्षम रहेको आरोप लगाउँदै यस्तो सरकार किन चाहियो भनेर प्रश्न उठाएका छन् ।

कोरोनाको उपचार खर्चसमेत नागरिक आफैंले बेहोर्न भन्ने ओली सरकारको कुनै औचित्य नभएको दाबी गर्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् ।

‘कोरोना उपचार खर्च आफैं बेहोर ! बेहोस भए मात्रै अस्पताल जाऊ ! बेरोजगार श्रमिक रुँदै गाउँ फर्क ! भारतबाट फर्केका श्रमिक भोकै परेपछि दसैंको मुखमा भारततिरै फर्क ! महिनौंदेखि स्कुल-कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर ! आसेपासेहरू कमिसनरभत्ता डकार,’ ट्विटरमा भट्टराईले प्रश्न गरेका छन्, ‘यस्तो सरकार किन चाहियो ?’

प्रतिक्रिया दिनुहोस्